काठमाडौं । काठमाडौं उपत्यकामा गएराति देखि नै वर्षात भइरहेको छ ।
उपत्यका लगायत क्षेत्रमा मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेले नदी किनारको सडकबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध गरेको छ ।
बिष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रहरुमा रहनेहरु तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरुले आज बिहानसम्म सतर्कता अपनाउन भनेको छ ।
FACEBOOK COMMENTS