काठमाडौं । आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ६ जनाको उद्धार गरिएको छ ।
नेपाली सेनाका अनुसार पहिरोको जोखिममा रहेको जगत इलाकाबाट उनीहरूको हवाई उद्धार गरिएको हो ।
“बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको,” नेपाली सेनाले भनेको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रको परिचालन भएको छ ।