काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ ।
बा। २ ख २३४४ नम्बरको बसमा सुनसरीको इटहरी घर भएका ३७ वर्षीय प्रल्हाद अधिकारीको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताए । अधिकारीको केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उनले सुनाए ।
FACEBOOK COMMENTS