काठमाडौँ । चीन र जापानबीच लामो समयदेखि विवाद रहेको छ । यो तनाव शुक्रबार अझ बढ्यो । टोकियोमा रहेका चीनका राजदूतले निर्यात प्रतिबन्ध हटाउन जापानको मागलाई अस्वीकार गरे ।
चीनले जापानसँग आफ्नो असन्तुष्टि स्पष्ट रूपमा व्यक्त गरेको छ र आफ्ना सामानहरूको निर्यातमा नयाँ नियमहरू लागू गरेको छ ।
यसबाहेक, यसले जापानलाई आफ्नो सैन्य शक्ति बढाएको आरोप लगाएको छ । यद्यपि, चीनले दक्षिण कोरियाली राष्ट्रपतिको भ्रमणको क्रममा यस बीचमा आफ्नो सम्बन्धलाई बलियो बनाएको छ ।
यसैबीच, चिनियाँ कम्युनिष्ट पार्टीको मुख्य पत्रिका पिपुल्स डेलीले पनि शुक्रबार जापानमाथि कडा आक्रमण गरेको छ । यसको सम्पादकीयमा भनिएको छ, ‘नयाँ सैन्यवाद (सैन्य शक्तिलाई जोड दिने) ले जापानलाई फेरि एक पटक विनाशतर्फ लैजानेछ । इतिहासले कडा चेतावनी दिन्छ । तर जापानको दक्षिणपन्थीले आफ्नो पुरानो तरिका दोहोर्याइरहेको छ ।’
यो बयान त्यस्तो समयमा आएको हो, जब चीनले विगत धेरै दिनदेखि जापानको कडा आलोचना गरिरहेको छ । दुई देशहरू बीचको तनाव नोभेम्बरमा सुरु भयो जब जापानी प्रधानमन्त्री साना ताकाचीले यदि चीनले ताइवानविरुद्ध सैन्य शक्ति प्रयोग गर्यो भने जापानले प्रतिक्रिया दिन अस्वीकार नगर्ने बताएकी थिइन् । चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दछ र आवश्यक परेमा बल प्रयोग गर्ने कुरा बारम्बार दोहोर्याएको छ । गत महिना, यसले ताइवान नजिकै प्रमुख सैन्य अभ्यास पनि गर्यो ।

जापानस्थित चिनियाँ दूतावासले जापानी सेनाले हतियारको लागि प्रयोग गर्न सक्ने ‘दोहोरो प्रयोगका सामानहरूु मा नयाँ निर्यात नियमहरू हटाउन जापानी विदेश मन्त्रालयको मागलाई अस्वीकार गरेको बताएको छ । चिनियाँ राजदूत वू जियाङहाओले यो कदम ‘पूर्ण रूपमा वैध, उचित र कानून अनुसारु र राष्ट्रिय सुरक्षाको लागि आवश्यक रहेको बताएका छन् ।

जापानी अधिकारीहरूले उनीहरूले जापानबाट पठाइएका कृषि उत्पादनहरू, माछा र अन्य सामानहरू समयमै चीन आइपुगेको छ कि छैन भनेर निगरानी गरिरहेको बताएका छन् । जापानको क्योडो समाचार एजेन्सीले कूटनीतिक तनावका कारण जापानबाट चीनमा साके ९जापानको परम्परागत मदिरा० र प्रशोधित खाद्य वस्तुहरूको ढुवानी रोकिएको उल्लेख गरेको छ । यसले विवादको प्रभावलाई अझ बढाएको छ । क्योडोले यी ढुवानीहरू चिनियाँ भन्सारमा अड्किएको उल्लेख गरेको छ । केही विज्ञहरूले चीनले साकेलाई जापानको प्रतीक मान्दै अवरुद्ध गरेको हुन सक्ने बताएका छन् ।

जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले उनी चीनमा केही जापानी निर्यातहरू रोकिएको रिपोर्टहरू बारे जानकार रहेको बताएका छन् । किहाराले भने( ुजापानको कृषि, माछा र अन्य निर्यातहरू सुचारु रूपमा जारी रहनु आवश्यक छ । हामी परिस्थितिलाई नजिकबाट निगरानी गर्नेछौं र आवश्यक उपायहरू लिनेछौं ।ु

जापान र चीनको ऐतिहासिक रूपमा तनावपूर्ण सम्बन्ध रहेको छ । जापानले १८९५ मा ताइवान कब्जा गरेको थियो । दुई देशहरूले दुई युद्ध लडेका छन् र २०औं शताब्दीको सुरुमा, जापानी शाही सरकारले चीनको धेरै भागहरू कब्जा गरेको थियो । आज, दुई देशहरूले कूटनीतिक सम्बन्ध कायम राख्छन् र धेरै क्षेत्रहरूमा सँगै काम गर्छन्, तर विवाद उत्पन्न हुँदा एकअर्काको आलोचना गर्न हिचकिचाउँदैनन् ।

पिपुल्स डेलीको सम्पादकीय र अन्य कथनहरूमा प्रयोग गरिएको भाषाले विशेष ध्यान खिचेको थियो । यसले सम्पूर्ण जापानी जनतालाई लक्षित गरेको थिएन, बरु देशको दक्षिणपन्थी गुटलाई लक्षित गरेको थियो, जससँग ताकाइची सम्बन्धित छ । बिहीबार जापानको आणविक महत्वाकांक्षा सम्बन्धी एक रिपोर्टले बारम्बार दक्षिणपन्थीहरूलाई उल्लेख गरेको छ । पिपुल्स डेलीको सम्पादकीयले शान्तिप्रेमी जापानी जनतालाई आफ्नो सरकारप्रति अत्यन्त सतर्क रहन अपील गरेको छ । पत्रिकाले जापानको भविष्य दक्षिणपन्थीहरूको खतरनाक कल्पनामा होइन, तर इमान्दारीपूर्वक यसको आक्रामक इतिहासको सामना गर्ने कुरामा निहित रहेको बताएको छ ।
चीनले यस हप्ता राष्ट्रपति ली जे-म्युङको बेइजिङ भ्रमणको क्रममा दक्षिण कोरियाप्रति सकारात्मक दृष्टिकोण पनि व्यक्त गरेको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट र लाखौं डलरको नयाँ निर्यात सम्झौतामा हस्ताक्षर गरेपछि, लीले यसले कोरिया(चीन सम्बन्धको विकासमा नयाँ अध्यायको रूपमा चिन्ह लगाएको बताएका थिए ।
चिनियाँ राज्य मिडियाले उनको भ्रमणको व्यापक कभरेज प्रदान गर्यो । सोही मिडियाले हालै जापानको यात्रा चिनियाँ नागरिकहरूको लागि खतरनाक हुन सक्ने उल्लेख गरेको थियो । साथै नयाँ वर्षमा दक्षिण कोरिया जाने चिनियाँ यात्रीहरूको संख्या जापान जानेहरूको संख्याभन्दा बढी रहेको उल्लेख गरेको थियो ।
FACEBOOK COMMENTS