हङकङले नेपाललाई दियो एक सय एक रनको चुनौती
कर्पोरट खबर
7:49 pm, सोमबार, फाल्गुन २६, २०८१
काठमाडौं । हङकङले महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई जितको लागि एक सय एक रनको लक्ष्य दिएको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनको योगफल तयार पारेको हो । हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिल्सले २१ तथा यश्मिन दासवनीले अविजित ११ रन बनाइन् ।
नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई÷दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
(((
FACEBOOK COMMENTS