कांग्रेसले गठन गर्यो केन्द्रीय कार्यसम्पादन समिति, को–को परे समितिमा ?
कर्पोरट खबर
4:58 pm, शुक्रबार, माघ १४, २०७८
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।
केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि आज शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले समिति गठन गरेको हो । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था छ ।
तर, सभापति देउवाले शुक्रबार ३७ सदस्यीय समिति गठन गरेका हुन् । बाँकी ११ जना पछि मनोनित गरिने भएको छ ।
कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र ३१ जना केन्द्रीय सदस्यका साथै पार्टी प्रवक्ता र संसदीय दलको नेता पदेन सदस्य हुने विधानको व्यवस्था छ ।
कांग्रेसमा कोषाध्यक्ष पद रिक्त छ भने पार्टी प्रवक्ता पनि तोकिसकेको छैन । संसदीय दलको नेता देउवा आफैं भएकाले कांग्रेसको कार्यसम्पादन समिति ४६ सदस्यीय हुने छ ।
केन्द्रीय कार्यसम्पादन समिति
- शेरबहादुर देउवा – सभापति
- रामचन्द्र पौडेल – वरिष्ठ नेता
- पूर्णबहादुर खड्का – उपसभापति
- धनराज गुरुङ – उपसभापति
- गगन थापा– महामन्त्री
- विश्वप्रकाश शर्मा महामन्त्री
- फरमुल्लाह मन्सुर – सहमहामन्त्री
- भीष्मराज आङदाम्बे – सहमहामन्त्री
- उमाकान्त चौधरी– सहमहामन्त्री
- महेन्द्र यादव – सहमहामन्त्री
- महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री
- किशोरसिंह राठौंर–सहमहामन्त्री
- बद्री पाण्डे – सहमहामन्त्री
- जीवन परियार– सहमहामन्त्री
- गोपालमान श्रेष्ठ
- प्रकाशमान सिंह
- विमलेन्द्र निधि
- विजयकुमार गच्छदार
- कृष्णप्रसाद सिटौला
- डा.शशांक कोइराला
- चित्रलेखा यादव
- डा.रामशरण महत
- अर्जुननरसिंह केसी
- डा.प्रकाशशरण महत
- सुनिलबहादुर थापा
- डा.शेखर कोइराला
- बलबहादुर केसी
- बालकृष्ण खाण
- ज्ञानेन्द्रबहादुर कार्की
- उमा रेग्मी
- रमेश रिजाल
- डा.नारायण खड्का
- जीपछिरिङ लामा
- एनपी साउद
- जीवनबहादुर शाही
FACEBOOK COMMENTS