काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेससम्बद्ध पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनभित्र भाँडभैलो मच्चिएको छ ।
नेपाल पत्रकार महासंघको आगामी निर्वाचनका लागि प्रेस युनियनभित्र नेतृत्वदेखि पदाधिकारीसम्म थुप्रै आकांक्षी रहेका छन् । तर, कान्तिपुर मिडिया ग्रुप दक्षिणी शक्ति लैनचौरले राजेश मिश्रलाई महासचिव बनाएर सर्वसम्मत गठबन्धन गर्ने रणनीति बनाएपछि युनियनमा विवाद सुरू भएको हो ।
मिश्रलाई महासचिव बनाउन कान्तिपुर र दक्षिणी शक्ति दुबै एक साथ ‘मुभ’ हुँदै युनियनमाथि दबाब बढाएका स्रोतको भनाइ छ । मिश्र कान्तिपुरका दिल्ली संवाददाता हुन् । महासंघका पूर्व कोषाध्यक्षसमेत रहेका उनलाई कान्तिपुरभित्र अध्यक्ष कैलाश सिरोहियाका खास मान्छेको रूपमा चिन्ने गरिन्छ । व्यवस्थापनले मिश्रलाई महासचिव बनाउन पहल सुरु गरे पनि त्यहाँ कार्यरत पत्रकारहरू भने असन्तुष्ट छन् ।
सिरोहियाको योजनामा मिश्र महासचिव बनेमा कान्तिपुरमा श्रम समस्या झन् जटिल बन्ने कान्तिपुरमै कार्यरत एक पत्रकारले बताए । महासंघले कान्तिपुरमा चरणबद्ध श्रम आन्दोलन अघि बढाएपछि अप्ठेरोमा परेको कान्तिपुरले आफू अनुकुलका पदाधिकारी ल्याउन कसरत थालेको । नेपाल पत्रकार मसहांघको निर्वाचन आगामी जेठ २६ गते हुँदैछ ।
FACEBOOK COMMENTS