सेतीनदी कटान क्षेत्रमा ग्याबिन तटबन्धन निर्माण
कर्पोरट खबर
7:25 pm, बिहीबार, कात्तिक ९, २०८०
तनहुँ । भीमाद नगरपालिकास्थित सेती नदीले कटान गर्दा जोखिममा पारेको बस्ती संरक्षणका लागि ग्याबिन तटबन्धन निर्माण गरिएको छ । नदी कटानका कारण भीमाद बजार क्षेत्रका ३५ घर उच्च जोखिममा परेका थिए ।
करिब दुई सय मिटर दूरीमा तटबन्धन निर्माण गरी बस्ती जोगाउने प्रयास गरिएको हो । पटकपटक गरी उक्त स्थानमा दुई करोडभन्दा बढी लगानी भइसकेको नगरप्रमुख दधिराज सुवेदीले बताए ।
“दीर्घकालीन व्यवस्थापनका लागि लागत अनुमान तयार गरिएको छ”, उनले भने, “१७ करोडको लागतमा सेती नदी किनारमा ‘रिटेनिङ वाल’ निर्माणका लागि डिपिआर तयार भएको छ ।” करिब ५० देखि ६० मिटर उचाइमा रिटेनिङ वाल निर्माण गरी जोखिममा रहेका बस्तीलाई संरक्षण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए ।
उक्त स्थानमा रिटेनिङ वाल निर्माण गरी माटोले पुरेर बिहान र बेलुका मानिस हिँड्ने पैदलस्थलका रुपमा निर्माण गर्ने योजना बनाइएको छ ।
FACEBOOK COMMENTS