काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयका उच्च अधिकारीहरु सहित मन्त्री दाहाल सोमबार बिहानै निर्माण स्थलमा पुग्नु भएको हो । निरीक्षण पश्चात मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए ।त्यस क्रममा उनले पूर्वाधार तथा विकास आयोजनाहरु निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए ।
काठमाडौँको सहरी तथा यातायात व्यवस्थापनमा महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमानै सक्न उनको निर्देशन थियो ।
निरीक्षण टोलीमा मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरु सहभागी रहेका थिए ।
२०७८ सालको फागुन १२ गते देखि ठेक्का लागि निर्माण शुरु भएको उक्त फ्लाई ओभर थप भएको म्याद थप पछि २०८१ को पुष ८ गते सम्पन्न गर्नुपर्ने छ । ३० मिटर स्पानको ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौले गरि रहेको छ ।
FACEBOOK COMMENTS