काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ।
कम्पनीको मङ्सिर ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको छ । बैंकले १३।३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार रुपैयाँ बराबरको बोनस शेयर , कर प्रयोजनको लागि ०।३० प्रतिशतले हुन औअने २ करोड ६४ लाख ६७ हजार बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
FACEBOOK COMMENTS