![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दोलखामा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।
सोमबार सम्पन्न भएको मतगणनामा कार्की निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित हुने माओवादीका १८ औं सांसद बनेका छन्। निर्वाचित कार्कीले ३६ हजार ९९५ मत पाएका छन् भने एमालेका शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ५०४ मत पाएका छन्।
यससँगै प्रत्यक्षतर्फ सबै क्षेत्रको मतपरिणाम आएको छ। कार्कीको जितसँगै प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका प्रत्यक्षतर्फ १८ सांसद पुगेका छन्।
FACEBOOK COMMENTS