काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनालाई गम्भीरतापुर्वक लिएको बताएको छ ।
शुक्रवार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लंघनकर्ताहरूलाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताएका हुन् ।
भट्टराईले जिल्ला तहबाटै उजुरी लिने र फर्स्यौट गर्ने काम भइरहेकाले केन्द्रमा उजुरीको क्रम घटेको जानकारी दिए । आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटा बाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको छ । भट्टराईकाअनुसार प्राप्त जवाफहरूको अध्ययन गरी केन्द्रिय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ ।
फागुन २१ गते हुने निर्वाचनका लागि ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।


FACEBOOK COMMENTS