काठमाडौं । नेपाल विद्युत प्राधिकरण संचालक समितिमा थप ३ सदस्य नियुक्त भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले गत बुधबार ३ सदस्यलाई प्राधिकरण संचालक समितिमा नियुक्त गरेका हुन्।
नियुक्त भएका ३ सदस्यमा नेपाल विद्युत प्राधिकरणकी पूर्व कर्मचारी प्रियंका गुरुङ, पूर्व उपकार्यकारी निर्देशक सुनिल ढुङ्गेल र अधिवक्ता शम्भु केसी रहेका छन् ।
उनिहरुले बिहिबार नै मन्त्रालयबाट नियुक्तिपत्र लिइसकेको मन्त्रालयले जनाएको छ । आगामी हप्ता बस्ने बैठकमा सपथ लिएसँगै प्राधिकरण संचालक समितिले पूर्णता पाउने छ ।
यसअघि गत बैशाखमा २ नयाँ सदस्य नियुक्त भएका थिए । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अंशुकिरण शाहीलाई र उपभोक्ताको तर्फबाट कृष्ण बसेल नियुक्त भएका थिए । सबै समिति सदस्यको कार्यकाल ४ वर्षको हुनेछ ।