काठमाडाैँ । तारकेश्वर नगरपालिका तथा नगरपालिका विपत व्यवस्थापन शाखाको पहलमा नेपालमै पहिलो पटक प्रविधिमा आधारित अत्याधुनिक आपतकालीन रेसपोन्स कन्सोल (Emergency Response Console) जडान भएको छ ।
तारकेश्वर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने बासिन्दाहरुले कुनै विपत्ति परेमा निःशुल्क प्रयोग गर्न मिल्ने कताहो एप मार्फत आफुलाई परेको स्वास्थ सहायता, सुरक्षा सहायता तथा आगलागीमा नगरपालिकालाई तत्काल सूचना दिनका लागि यो प्रविधिको ब्यवस्था गरिएको हो । यसको माध्यमबाट आएको सूचनाको आधारमा स्थान पहिचान गरी आपतकालिन उद्धारको टोली सम्बन्धित व्यक्ति वा स्थानमा पुग्न सकिन्छ ।
यसका अलावा यस प्रणालीको नागरिक आँखा नामक सेवा मार्फत स्थानीय तहले गरेका कामहरुको प्रशंसा समेत गर्न सकिनेछ । नगरपालिकाले गर्नु पर्ने कार्यहरुको बारेमा आम नागरिकले सेवा प्रवाहको विषयमा तथा पालिकाभित्रका समस्या, विकाश निर्माण लगायतका कुराहरुमा सूचना तथा गुनासो गर्न सक्नेछन् । यसको प्रयोगले आम मानिसमा सचेतना सँगसँगै जनप्रतिनिमा उत्तरदायित्व समेत बोध गराउने र आम जनमानसमा शान्ति सुरक्षाको प्रत्याभूती दिने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख कृष्णहरी महर्जनले राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा यो उपकरणको उद्घाटन गरी नेपालमै पहिलो पटक शुरुवात गर्न पाउँदा अत्यन्तै गर्व लागेको बताए । विपतको समयमा हुनसक्ने क्षतीलाई न्यूनिकरण गर्नको लागि यसको भूमिका महत्वपूर्ण रहेको
उनको भनाई छ ।
आपतकालिन अवस्थामा मात्र नभएर नगरपालिका भित्र रहेका विभिन्न सेवा सुविधाहरुलाई समेत यसको प्रयोगले चुस्त दुरुस्त बनाउन सक्ने देखिएको हुँदा सेवा प्रवाहमा समेत यसले सकारात्मक प्रभाव पार्ने कुरा व्यक्त गरे । पालिका भित्रका कुनै नागरिकले एक्लै परेर सहयोगको आवश्यकता पर्दा यस कताहो एप र भ्च्ऋ मार्फत नगरपालिकामा तुरुन्तै सूचना प्राप्त हुने तथा सहयोगको लागि तारकेश्वर नगरपालिका सदैव रहने प्रतिवद्धता व्यक्त गरे ।
घोषणापत्रमा समेत समावेस भएको घर ठेगाना, टोल, ब्लक, घर नम्बर जस्ता सेवाहरु समेत अबिलम्ब लागु गर्दै जाने तयारी रहेको कुरा समेत उनले बताए । कार्यक्रममा वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगर प्रहरी लगायतको उपस्थिती थियो ।
नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान र विकाश गर्दै आएका नेपालका चर्चित अनुसन्धानकर्ता राम लक्ष्मण रिमाल ले विकाश गरेको यस प्रणालीको बारेमा उनले व्याख्या गरेका थिए ।
FACEBOOK COMMENTS