काठमाडौं । इलेक्ट्रिक गाडी (ईभी) कम्पनी लीपमोटरले प्रिमियम लीपमोटर सी१० अब चितवनमा पनि उपलब्ध हुने घोषणा गरेको छ। यसले नेपालमा बढ्दो मागसँगै उच्चस्तरीय इलेक्ट्रिक गाडीहरू ग्राहकमाझ सहज उपलब्ध गराउने कार्यको विस्तार गरेको छ।
यस उपलब्धिलाई उत्सवको रूपमा मनाउन भरतपुरको चितवनस्थित होटेल सिराइचुलीमा एक भव्य समारोहको आयोजना गरिएको थियो। त्यसबीच ओजोन मोटर्सद्वारा दशवटा लिपमोटर सी१० गाडी वितरण गरिएको थियो।
लीपमोटर सी१० ले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्रीहरूका लागि अविश्वसनीय एवम् आरामदायी अनुभव प्रदान गरेको छ। यसका विस्तारित सुविधाहरू र दूरदर्शी दृष्टिकोणले सी१० लाई इलेक्ट्रिक गाडी रोज्नेहरूका लागि उत्कृष्ट विकल्प बनाएको छ।
साङ्ग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेशनसँग सम्बद्ध छ। यो कम्पनी २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोएन, र हाल लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ।
लीपमोटर सी१० एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालि, रिजल चोक, भरतपुर, चितवनमा उपलब्ध छ।
लीपमोटर सी१० बारे थप जानकारीका लागि शोरूममा गई बुझ्न र इलेक्ट्रिक ड्राइभिङको नयाँ अनुभव लिन सकिने छ ।
FACEBOOK COMMENTS