![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । इभी नेपाल मोटर्सले वलीङ्ग एयर इभी मिडिया टेष्ट ड्राइभ समारोह सम्पन्न गरेको छ ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा इभीले पीटी एसजीएमडब्लु मोटर इन्डोनेसियाअन्तर्गत वलीङ्ग एयर इभी मिडिया टेष्ट ड्राइभ समारोह सम्पन्न गरेको हो ।
इभीका इलोक्ट्रिक गाडीहरु विभिन्न मोडल र पाँच रंगहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । २०० र ३०० किलोमिटर माइलेज रहेको उक्त इलोक्ट्रिक गाडीको ४ घण्टा ब्याट्री चाजिङ्ग क्षमता हुनुका साथै ८ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । धुलोरहित नेपाल बनाउने लक्ष्य कम्पनीको छ । यसमा सजिलै ब्याट्री चार्ज हुने, आईओभी र वाइन्ड स्मार्ट सुविधा र मर्मत खर्च कम लाग्ने लगायतका विशेषताहरु रहेका छन् ।
गाडीको आठ वर्षको वारेन्ट रहेको कम्पनीले जनाएको छ । फाइनान्सको सुविधासहित २० प्रतिशत डाउन पेमेन्टमा इभीका गाडीहरु खरिद गर्न सकिन्छ । सुरक्षा र सुविधाको ग्यारेन्टी र सफा र हरियाली शहर बनाउने कम्पनीको लक्ष्य छ ।
FACEBOOK COMMENTS