काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ
अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुलमा साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटी परिवर्तनसहितका प्रस्ताव पारित गरेको छ। यसका साथै, सोही वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.७५ प्रतिशत अर्थात् रु. २१,८७,६३,७७३ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय पनि अनुमोदन गरिएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक लेखापरीक्षण समितिको सिफारिसअनुसार पारित भएको छ।
साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले कम्पनीले प्रविधि र प्रतिभामा गरेको लगानीबाट दीर्घकालीन रूपमा स्रोत परिचालन गरी दिगो लाभ हासिल गर्न सकिने विश्वास व्यक्त गरे। उनले सरोकारवालाहरूको सहयोग र विश्वासले कम्पनीलाई निर्जीवन बीमा क्षेत्रमा अग्रणी बनाउने लक्ष्यमा आफू पूर्ण विश्वस्त रहेको बताए। प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले स्वागत मन्तव्यमा नवीनतम प्रविधिको प्रयोगबाट ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित संस्था बनाउने प्रतिबद्धता जनाइन्।
सभामा शेयरधनीहरू जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे र सुदिप श्रेष्ठलगायतले आफ्नो मन्तव्य राखेका थिए। अधिकांश शेयरधनीले ८.७५ प्रतिशत नगद लाभांशको निर्णयप्रति सन्तुष्टि र खुशी व्यक्त गरे। साधारणसभाको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता किताब २०८१ फागुन १५ गते बन्द गरिएको थियो भने फागुन १४ गतेसम्म कायम शेयरधनीहरूले सभामा भाग लिएका थिए। कम्पनीले आगामी दिनमा थप गतिशीलता र उत्कृष्टता हासिल गर्ने लक्ष्य राखेको छ।
FACEBOOK COMMENTS