काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले रङैरङको पर्व होलीको अवसरमा विगतमाझैं विशेष फोटोशुट गराएको छ ।
फेसियल हाउसअन्तर्गत रहेको फेसियल हाउस एकेडेमीले फागु पूर्णिमा अर्थात् ‘होली थिम’मा आकर्षक फोटोशुट गरेको हो । देशको मौलिक कला, संस्कृति र रितिरिवाजलाई जगेर्ना गर्ने मुख्य उद्देश्य राखेर फेसियल हाउसले होलीलगायत अन्य महत्वपूर्ण पर्वहरूको थिममा पनि फोटोशुट गराउँदै आएको छ ।
‘हाम्रो देशले मनाउने चाडवाडहरू हराएर नजाउन् भन्ने मुख्य उद्देश्य राखेर हामीले विगतमा जस्तै यो वर्ष पनि होली थिममा फोटोशुट गराएका हौँ,’ फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले भनिन्, ‘हाम्रा चाडपर्वहरूमाथि आधुनिकताको निकै ठूलो प्रहार भइरहेको छ । त्यस्तो प्रहारबाट मौलिकपन जोगाउन मुश्किल परिरहेको छ । भोलिका पुस्तालाई पनि यो हाम्रो मौलिक परम्परा र रितिरिवाज जोगाएर राख्नुछ । त्यसकारण फेसियल हाउसले हरेक वर्ष महत्वपूर्ण पर्वहरूको थिममा फोटोशुट गराउँदै आएको छ र यो वर्ष पनि त्यसैको निरन्तरता हो ।’
होली पर्वले सांस्कृतिक महत्व राख्नका साथै साथीभाइ, आफन्त र एकअर्काबीच मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने महराको भनाइ छ ।
फेसियल हाउसबारे
काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय (सर्भिस सेन्टर) रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने अन्य केही सहरमा फेसियल हाउसको ब्राण्डमा सेवा प्रवाह भइरहेको छ । फेसियल हाउसले ब्युटीसम्बन्धी तालिम दिनाका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुप्रै सेवा दिँदै आएको छ ।
यसैगरी, नेपालीहरूको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेसिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरूसँग सहकार्य गरेर हर्वल ब्युटी, हेयर कस्मेटिक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिँदै आएको छ । केही समयभित्र नेपालमा नै हर्वल कस्मेटिक उत्पादन गर्ने लक्ष्य राखेको फेसियल हाउसले नेपालको नम्बर वान ब्युटी सलुनको अवार्ड समेत पाइसकेको छ ।
नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्र्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, ब्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ । यसैगरी, हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरू प्रयोग गर्ने फेसियल हाउसले चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको छ ।
सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै आएको छ ।
हेरौँ आकर्षक तस्बिरहरू–
FACEBOOK COMMENTS