काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२–०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सोही वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को तुलनामा नाफा सहितका सूचकहरूमा बढेका छन् ।
अघिल्लो आर्थिक वर्षमा १० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आवमा १९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यस आधारमा एक आर्थिक वर्षमै कम्पनीको खुद नाफामा ७३.६३ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २१ करोड १७ लाख रुपैयाँबाट ७.४७ प्रतिशतले बढेर २२ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २१ करोड ६८ लाख रुपैयाँबाट झण्डै ६ प्रतिशतले बढेर २२ करोड ९४ लाख रुपैयाँ नजिक पुगेको छ।
योसँगै कम्पनीको सञ्चालन नाफा १५ करोड ७६ लाख रुपैयाँबाट ७३ प्रतिशतले बढेर २७ करोड २७ लाख रुपैयाँ नाघेको छ। समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ९ करोड ३ लाख रुपैयाँबाट करिब ५१ प्रतिशतले बढेर १३ करोड ६२ लाख रुपैयाँ पुगेको छ।
यता प्रतिशेयर आम्दानी (ईपीएस) ८.१७ रुपैयाँबाट बढेर १४.१८ रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.८४ प्रतिशतबाट घटेर २.८८ प्रतिशतमा झरेको छ। कम्पनीको आधार दर (बेसरेट) ७.५८ प्रतिशतबाट घटेर ६.४८ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३७.२६ रुपैयाँ कायम भएको छ।
चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहको कम्पनीको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ र रिजर्भ कोषमा ३४ करोड ८४ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ४ अर्ब ६५ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३ अर्ब ७६ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।