काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन गरेको छ ।
एमाले फुटेर बनेको उक्त दलको स्थायी कमिटीमा यसअघि एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई नै राखिएको छ । स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् ।
छिटै राष्ट्रिय भेला बोलाउने र त्यस लगत्तै राष्ट्रिय परिषद्मार्फत स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य तथा पदाधिकारीको टुंगो लगाउने सो दलले जनाएको छ ।
पार्टी स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सरकारमा ककसलाई पठाउने भन्ने निर्णय भने भएको छैन। पार्टीले पाउने मन्त्रालय टुंगो लागिनसकेका कारण सरकारमा कसलाई पठाउने भन्ने निर्णय नभएको एकीकृत समाजवादीले जनाएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS