काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व छनोटका लागि आज मतदान हुँदैछ ।
महासंघमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्षमा हुनेछन् । वरिष्ठ उपाध्यक्षलगायत पदमा आज मतदान हुनेछ ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईको उम्मेदवारी दिएका छन् । अहिले निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष आगामी कार्र्यकालमा स्वतः अध्यक्ष हुनेछन् ।
निर्वाचनले ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना उपाध्यक्ष चयन गर्नेछ ।
वस्तुगत संघबाट १४, उद्योग वाणिज्य संघबाट १८, एसोसिएट कार्यसमितिबाट १९ र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा चयन हुनेछन् । मतदान आज बिहान ८ देखि साँझ ५ बजेसम्म प्रज्ञाभवन कमलादीमा हुनेछ ।
FACEBOOK COMMENTS