काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ ।
पछिल्लो मत परिणामअनुसार जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । यस्तै, महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई विजयी भए भने विजयी हुने अन्य सदस्यमा अर्जुन कुमार श्रेष्ठ, उज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन् ।
त्यस्तै वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र शिवप्रसाद घिमिरे विजयी भएका छन् । त्यस्तै वस्तुगत तर्फका विजयी १३ सदस्यहरूमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रवीन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन् । यस्तै, चार उम्मेदवार निराजन चौलागाईं, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बञ्जाडेको समान ५०-५० मत आएपछि आधा आधा कार्यकाल सम्हाल्ने सहमति भएको छ । यस्तै वस्तुगत महासंघतर्फ सुनयना घिमिरे र विश्वनाथ खनाल विजयी भएका छन् ।
त्यसैगरी भुगोलतर्फको कार्यकारिणी सदस्यमा कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विक विजयी भएका छन् भने मधेश प्रदेशबाट विकास कुमार सारडा र अमरनाथ शाह विजयी भएका छन् । त्यसैगरी बागमती प्रदेशबाट सविन श्रेष्ठ र प्रकाश मानन्धर, गण्डकीबाट प्रविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यसप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा र सुदूरपश्चिम प्रदेशबाट पिताम्बर जोशी र पदमराज चौलागाईं विजयी भएका छन् ।
एसोसियट्सतर्फ विजयी हुनेमा सचिन ढकालले १३१८ मत, हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११८३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, शक्ति कुमार बेगानी ११४२ मत, ऋषि अग्रवाल ११२२ मत, सुशील थापा १०९४ मत रामशरण भण्डारी १०४३ मत, राजेश कुमार अग्रवाल १०८२ मत पाएर विजयी भएका छन् ।

यस्तै सुयस प्याकुरेल १०६९ मत, बाबुकाजी कार्की १००६ मत, दिवश न्यौपाने ९९१ मत, कृष्ण लाल महर्जन ९७४ मत, प्रियराज रेग्मी ९५४ मत, इश्वर बहादुर जि सी ९४९ मत, सुरज उप्रेती ९०७ मत र बटु लामिछानेले ८६० मत पाएर विजयी भएका छन् ।

महासंघको निर्वाचनमा ७३ पदका लागि निर्वाचन भएको थियो । जसमा १३७ उम्मेदवार रहेका थिए । महासंघ विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् ।

बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन भएको छ । साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ ।