रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० रामेछापले आफ्नो २६ औं स्थापना दिवस विविध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न गरेको छ ।
शनिबार मन्थलीमा आयोजित कार्यक्रममा संस्थाले जिल्लाका दुई पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।
आदिवासी जनजातिको क्षेत्रमा खोजमूलक समाचार लेखनमा सक्रिय योगदान पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष बद्रि नयाँघरेलाइ “खोज पत्रकारिता पुरस्कार” प्रदान गरिएको छ ।
सो पुरस्कार अन्तर्गत नगद रकम सहित सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै, नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठलाई “नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार” बाट सम्मानित गरिएको छ । फोनिज रामेछापले ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ विगत सात वर्षदेखि र ‘खोज पत्रकारिता पुरस्कार’ चार वर्षदेखि निरन्तर वितरण गर्दै आएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा “पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा फोनिज रामेछापका निर्वतमान अध्यक्ष नवराज श्रेष्ठले संस्थागत कार्यपत्र प्रस्तुत गरेका थिए भने सचिव सुमित्रा थोकरले पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरिन् ।
प्रस्तुत कार्यपत्रमाथि सहभागी पत्रकारहरूले आफ्ना धारणा राख्दै पर्यटन विकासका लागि प्रभावकारी पत्रकारिता आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्षता फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठले गरेका थिए ।
सो अवसरमा मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठले मन्थली नगरपालिकाले पर्यटन विकासका लागि विभिन्न योजना बनाई कार्यान्वयन गरिरहेको जानकारी दिए । उनले स्थानीय सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेका स्थलहरूको प्रचार–प्रसारमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउँदै सहकार्यको अपेक्षा व्यक्त गरे ।
त्यस्तै, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, पूर्व अध्यक्षहरू हिमाल ढुगेल र बद्रि नयाँघरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै फोनिज रामेछापको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
स्थापना दिवसका अवसरमा सम्मानित दुवै पत्रकारले आफूले पाएको सम्मानलाई जिम्मेवारीको रूपमा लिँदै आगामी दिनमा अझ जिम्मेवार र सत्यनिष्ठ पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS