पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्।
बिहीबार बैंककबाट स्वदेश फर्किएका हुन्। उनलाई कांग्रेस नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन्।
गत भदौमा जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण गरिएको थियो। उनको घरमा आगजनी गरिएको थियो।
त्यसपछि उपचारका लागि उनी सिंगापुर गएका थिए। पछिल्लो पटक फागुनमा थप उपचारका लागि सिंगापुरहुँदै हङकङ पुगेका थिए।
पाँच महिनापछि हङकङबाट बैंकक हुँदै उनी बिहीबार नेपाल फर्किएका हुन्। उनको स्वागतका लागि कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक विमानस्थल पुगेका छन्।