काठमाडौं । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ ।
नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ किलोवाट ब्याट्री समावेस गरेको छ । जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्जको दिन्छ । साथै, यसमा १३० किलोवाट अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ । नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको छ ।
एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, “आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौं यो एक नवीनतम विद्युतीय सवारी साधन हो । जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ। नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन भी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।”
एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ता भन्छन्, “फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको, १ लाख भन्दा बढी व्यवसायिक सवारी साधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको छ । माउन्टेन ईभी आनो सेग्मेंटको एक उत्कृष्ट सवारीसाधन हो जुन नेपालका लागि निर्माण गरिएको ह।”
माउन्टेन ईभी १४ देखि १६ सीट सम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ, जसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ।
FACEBOOK COMMENTS