काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
उक्त एफपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ । संस्थाले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्कासन गरेको हो ।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो ।
संसथाले प्रतिकित्ता सय रुपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँको ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गरेको छ ।
एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

एफपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


FACEBOOK COMMENTS