काठमाडौं । युरो कपको उपाधिका लागि आज राति हुने फाइनलमा स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । बर्लिनस्थित ओलम्पिक रंगशालामा हुने फाइनल नेपाली समयअनुसार मध्यरात १२ः४५ बजे सुरु हुनेछ ।
नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इङ्ल्याण्ड फाइनल पुगेको हो । स्पेन भने फ्रान्सलाई हराउँदै फाइनल पुगेको हो । स्पेनले फाइनलसम्म आउँदा ६ खेलमा १३ गोल गर्दा ३ गोलमात्र खाएको छ । स्पेनले अहिले सम्म तीन पटक युरो कपको उपाधि जितिसकेको छ ।
इङ्ल्याण्डले भने सन् १९६६ मा घरेलु मैदानमा भएको फिफा विश्वकप जितेपछि अहिलेसम्म कुनै पनि ठूला उपाधि जित्न सकेको छैन । इङ्ल्याण्डका लागि फाइनल पुग्नु पनि ठूलो उपलब्धि मानिन्छ ।
स्पेन र इङ्ल्याण्डबीच अहिलेसम्म २७ वटा खेल भएका छन् । जसमध्ये स्पेनले १० र इङ्ल्याण्डले १४ खेल जितेका छन् भने ३ खेल बराबरी खेलेका छन् ।
FACEBOOK COMMENTS