काठमाडौं । पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमाणसँगै घण्टी उपहार दिएको छ ।
केन्द्रीय कार्यालयमा बुधबार आयोजित शपथ ग्रहण कार्यक्रममा निर्वाचित पदाधिकारलाई सभापित रवि लामिछानेले प्रमाणपत्रसँगै घण्टी उपहार दिएका हुन् ।
१५८ केन्द्रीय सदस्यमध्ये निर्वाचनबाट ९९ जना चुनिएका थिए । सात जना प्रदेश सभापति पदेन हुँदा ५१ जना सदस्य सभापतिले मनोनीत गर्नेछन् ।
मनोनीत गर्ने केन्द्रीय सदस्यमा वालेन्द शाह ’बालेन’ पक्षका आधा हुने बताइको छ । पार्टी स्थापना भएको चार वर्षमा रास्वपाले यही ७ देखि १३ असारसम्म चितवनमा पहिलो महाधिवेशन गरेको थियो ।
