काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गत गुल्मी २ मा एमाले नेता गोकर्ण विष्ट विजयी भएका छन् । विष्ट २८ हजार ४ सय ७६ मत सहित विजयी भएका हुन् ।
उनको निकटतम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीकी रामकुमारी झाक्रीले २६ हजार ४ सय ४२ मत पाएकी छिन् । झाँक्रीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चाको समेत समर्थन रहेको थियो।
यस सँगै गोकर्ण विष्टले संसदीय निर्वाचनमा यो क्षेत्रबाट ह्याट्रिक गरेका छन् । उनी यस क्षेत्रबाट लगातार तेस्रो पटक विजयी भएका हुन् । २०५६ यता ५ वटा निर्वाचन लडेका विष्ट २०६४ मा पराजित भएका थिए।
समग्रमा यो विष्टको चौथो जित हो । हाल उनी एमालेको सचिव रहेका छन्।
FACEBOOK COMMENTS