आज सुनको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार (चैत १ गते) छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला २ हजार ५० रुपैयाँ कायम रहेको थियो ।
FACEBOOK COMMENTS