काठमाडौं । नि:सन्तान दम्पतीहरूलाई अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रजनन् उपचार सेवा प्रदान गर्दै आएको आईभीएफ क्लिनिक वात्सल्य नेचुरल आईभीएफले सन्तान प्राप्तिको यात्रालाई आर्थिक रूपमा अझ सहज र पहुँचयोग्य बनाउन इजी मदरहुड इनिसियटिभी सार्वजनिक गरेको छ ।
जसबाट शून्य प्रतिशत ब्याजमा ९ महिने सहज किस्ताबान्दीमार्फत सेवा उपलब्ध हुनेछ । यस विशेष पहलअन्तर्गत अब सेवाग्राहीहरूले कुनै पनि अतिरिक्त ब्याज नतिरी ९ महिनाको सहज मासिक किस्ताबन्दीमार्फत आफ्ना सम्पूर्ण आईभीएफ तथा प्रजनन् उपचार सेवाहरू लिन सक्नेछन् ।
नेपालमा धेरै दम्पतीहरू आर्थिक व्यवस्थापन र एकमुष्ट लाग्ने खर्चको जोहो गर्न नसक्दा समयमै उपचार सुरु गर्नबाट वञ्चित हुने गरेका छन् । प्रजनन् स्वास्थ्यमा उमेर र समयको संवेदनशीलतालाई ध्यानमा राख्दै, आर्थिक अभावकै कारण कसैको सन्तान जन्माउने सपना अधुरो नरहोस् भन्ने उद्देश्यले यो योजना ल्याइएको क्लिनिकले जनाएको छ ।
यस्तै, क्लिनिकले उपचारको गुणस्तरमा कुनै सम्झौता नहुने बताएको छ । किस्ताबन्दी सुविधा छनोट गरे पनि दम्पतीहरूले पाउने व्यक्तिगत हेरचाह क्लिनिकल प्रोटोकल, वरिष्ठ विशेषज्ञहरूको परामर्श तथा अत्याधुनिक एम्ब्रायोलोजी ल्याब सेवा यथावत् रहने जनाएको छ । इजी मदरहुड इनिसियटिभअन्तर्गतको सेवा वात्सल्यको नारायणचौर, नक्सालस्थित केन्द्रबाट लिन सकिनेछ ।