काठमाडौं । बिहीबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । सुनको मूल्य प्रतितोला रु. ५०० घटेको हो भने चाँदीको मूल्य प्रतितोला रु. ५ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ०६ हजार २०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ४ हजार ७५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च तीन लाख ३९ हजार तीन सय रुपियाँ पुगेको थियो भने सो दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार पाँच सय पाँच रुपियाँ कायम भएको थियो ।