काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ ।
साताको चाैथाे काराेबार दिन सुन आज तोलामा ५ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य ताेलामा १० रूपैँयाले घटेकाे छ । मंगलबार तोलामा १ हजार ९ सय ७० रूपैँया कायम भएको चाँदी बुधबार १ हजार ९ सय ७० रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS