काठमाडाैं । नेपाली बजारमा मंगलबार सुन-चाँदीको मूल्यमा कुनै परिर्वतन आएको छैन ।
अघिल्लो दिनको मूल्य नै मंगलबार स्थिर रहेको हो ।
सोमबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुन मूल्य मंगलबार स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि स्थिर छ ।
सोमबार प्रतितोला १७ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।
FACEBOOK COMMENTS