काठमाडौं । एक जना विद्यार्थीले आफ्ना शिक्षकलाई जीवन बीमालेख उपहार दिएका छन् ।
काभ्रेको नमोबुद्ध नगरपालिका–३ मेथिनकोट निवासी उमेश धितालले आफ्ना शिक्षक नागार्जुन–७ काठमाडौं निवासी सुजित दवाडीलाई बीमालेख उपहार दिएका हुन् ।
विद्यार्थीबाट जीवन बीमालेख उपहार पाउने शिक्षक दवाडी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा प्रशिक्षकका रूपमा कार्यरत छन् । यस्तै, बीमालेख प्रदान गर्ने विद्यार्थी धिताल हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अचिभर तथा एजेन्सी म्यानेजर हुन् ।
शिक्षक–विद्यार्थीबीच ज्ञान आदान–प्रदानका साथै बीमासम्बन्धी चेतना उजागर गर्दै त्यससम्बन्धी ज्ञान आदान–प्रदान गर्न उपहारस्वरुप बीमालेख प्रदान गरिएको एमडीआरटी/एजेन्सी म्यानेजर धितालले बताए । बीमालेख ग्रहण गर्न आफ्ना शिक्षक कम्पनीको गोकर्ण (जोरपाटी) शाखामै आएकोमा धितालले खुसी व्यक्त गरेका छन् ।
‘सैद्धान्तिक र व्यावहारिक ज्ञान आदान–प्रदानजस्तै बीमासम्बन्धी चेतना र ज्ञान पनि आदान–प्रदान गर्न आवश्यक रहेको महसुस गरी आफ्नो प्रशिक्षकलाई बीमालेख उपहार दिएको हुँ,’ धितालले भने, ‘यसबाट एक–आपसमा ज्ञान, सिप र व्यवसाय आदान–प्रदान हुनाका साथै बीमाको अनिवार्यताबारे धेरै व्यक्तिहरूसमक्ष ज्ञान पुग्ने विश्वास लिएको छु ।’
धितालले केही दिनअघि पनि बचत सिकाउन भन्दै जन्म दिनको अवसर पारेर भाइलाई बीमालेख प्रदान गरेका थिए । यस प्रकारको गतिविधिबाट मानिसहरूमा बचत गर्ने बानीको विकास हुने उनको भनाइ छ ।
FACEBOOK COMMENTS