काठमाडौं । होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेशको तदर्थ समिति गठन गरिएको छ। साविकको नेप्लिज होटेलियर्स एसोसिएसन लुम्बिनीसँग एकीकरण गरी बुटवलमा सम्पन्न व्यवसायीहरूको भेलाले सीपी श्रेष्ठ अध्यक्ष रहेको समिति गठन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा प्रवीण पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा र उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ चयन भए। महासचिवमा टेकनाथ बस्याल, सचिवमा दिलीप गौचन र कोषाध्यक्षमा सुशान्त गौचन चयन भए।
संघको कार्यसमिति सदस्यहरूमा प्रणदा दीक्षित, ओबिन्द्र महरा, धीरेन्द्र प्रधान, कमल पौडेल, गिरिराज पाण्डे, लक्ष्मण भण्डारी, दुर्गा बस्याल, पदमवीर थापा र निर्मल श्रेष्ठ रहेका छन्। संघको सल्लाहकारमा महेन्द्रनारायण श्रेष्ठ र गोपाल राना चयन गरेको छ। हान लुम्बिनीमा तारे स्तरका ४० बढी होटेलहरू आबद्ध रहेका छन्।