काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।
लामो समयदेखि प्रधानमन्त्री बालेनको अभिव्यक्तिका कारण अवरुद्ध भएको सदन आज पनि केहिबेर प्रतिपक्ष दलहरूले अवरोध गरेका थिए ।
अवरोध पछि प्रतिपक्ष दलहरूलाई समय दिइएको थियो । त्यसपछि दलीय आधारमा बजेटको छलफल सुरु भएको हो ।
छलफलको सुरुवातमा अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकी बोलिरहेका छन् । उनी रामेछापबाट निर्वाचित रास्वपाका सांसद हुन् ।