काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी ८० करोडको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बिक्री गर्न लागेको हो । स्थानीयको शेयर खरिदका लागि दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं। ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं। ४ र कालिञ्चोक गाउँपालिका वडा नं। ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका विक्री गरिने शेयरमध्ये १० प्रतिशत दरको २ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गर्न लागिएको हो । योे आईपीओ खरीदका लागि यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ ।
आयोजना प्रभावित स्थानीयमा छिटोमा साउन २ गतेसम्म विक्रीमा रहनेछ सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन १७ गतेसम्म विक्री खुला हुनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन २ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीय बासिन्दाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालय तथा गौरीसंकर गाउँपालिकाको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
स्थानीयले आईपीओ खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २०० शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले दोलखा जिल्ला जिल्लामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । उक्त आयोजनाबाट कम्नपीले २०७७ साल कात्तिक २२ गतेदेखि व्यारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रहेको छ ।
FACEBOOK COMMENTS