काठमाडौं । भिजन लुम्बिनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।
सीडीएस एन्ड क्लियरिङका अनुसार कात्तिक १९ गते साँझ ५ः०७ बजेसम्ममा कुल ८ लाख ४७ हजार ७७० जना आवेदकहरुले ९८ लाख ८० हजार ४३० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा ४ दशमलव ७६ गुणा बढी आवेदन हो ।कम्पनीले कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको हो ।
यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यो आइपीओलाई ‘आइआरएन डबल बी माइनस इस्यूआर’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इन्फोमेरिक्सले २०७९ पुस २९ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० पुस २८ गतेसम्म बाहल रहनेछ ।
FACEBOOK COMMENTS