काठमाडौं । बुङ्गल हाइड्रो कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
आयोजना प्रभावित स्थानिय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको कम्पनीले आजदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँको २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति छ । जसमा ८ लाख ३० हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, २ लाख ७ हजार ५०० कित्ता श्रम स्वीकृती लिई रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ।
कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण सेयर सामूहिक लगानी कोष र ६२ हजार २५० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ ।
क्रम्पनीले सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँको १७ लाख १ हजार ५०० कित्ता सेयर निष्कासन गरेको छ ।
उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ ३० गतेसम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS