काठमाडौं । सान्भि इनर्जी कम्पनीले आजबाट सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ करोड १५ लाख ३० हजार रुपैयाँको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेकाे हो ।
कम्पनीले ८ करोड ८० लाख रुपैयाँको ८ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई निष्कसन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ लाख ९१ हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।
कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदसय रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS