काठमाडौ । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सहिदका सपना पूरा गर्न मुलुकमा सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यक रहेको बताएका छन् ।
सम्मानित नेता खनालले ७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै मुलुकमा राज्यशक्तिको स्रोत जनतामा निहित हुनुपर्ने मान्यतालाई स्थापित गरेको ऐतिहासिक दिनमा सहिदको सपना पूरा गर्न वैज्ञानिक समाजवाद कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले समाजमा शोषण, दमन, अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार र विकृति विसङ्गतिको अन्त्य गरी सहिदले कल्पना गरेको जनताको सुख, शान्ति तथा समृद्धिको लागि वैज्ञानिक समाजवादको खाँचो औँल्याए ।
FACEBOOK COMMENTS