काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडिओ राखेर उनले विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग ‘एक्शन रूम’ बाट छलफल गर्न लागेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब रूपैयाँ भुक्तानी गरिएको जानकारी पनि दिएका छन् ।
‘शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्शन रूमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ, थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानीसमेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘पूर्वाधार निर्माणसम्बन्धी रोकिएका धेरै काम द्रुत गतिमा अगाडि बढेका छन् ।’
FACEBOOK COMMENTS