काठमाडौं । केटीएम नेपालले हालसालै बहुप्रतीक्षित ‘केटीएम ट्र्याक टेस्ट एक्सपिरियन्स’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
यही कात्तिक ९ र १० गते भक्तपुरको एड्भान्स राइडिङ एकेडेमीमा आयोजित २ दिने कार्यक्रमले २५० भन्दा बढी मोटरसाइकलप्रेमीहरूलाई केटीएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र ‘हट ल्याप च्यालेन्ज’मा सहभागी हुने अवसर प्रदान गर्यो ।
कार्यक्रमको पहिलो दिन सहभागीहरूले विशेष रूपले तयार गरिएको ट्रयाकमा केटीएम २०० ड्युक, २५० ड्युक, २०० आरसी र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गर्ने अवसर पाए ।
साथै अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए जसले सहभागीहरूलाई सवारी सीप र सुरक्षासम्बन्धी महत्त्वपूर्ण सुझावहरू प्रदान गर्दै थप रोमाञ्चक र जानकारीमूलक बनाएको थियो ।
दोस्रो दिन ‘हट ल्याप च्यालेन्ज’ आयोजना गरिएको थियो जहाँ प्रतिस्पर्धीहरू प्रो रेसरहरू, अमेच्योरहरू र महिला गरी ३ समूहमा विभाजित गरिएका थिए । सहभागीहरूले ६/६ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए जसमा हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो ।
‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ले नेपालमा मोटरसाइकलप्रेमीहरूको समुदायलाई केटीएमको प्रतिबद्धता झल्काउने उत्कृष्ट अवसर प्रस्तुत गरेको छ जसले सवारी सीपमा सुधार र रोमाञ्चक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न सफल बनायो । केटीएम नेपालले भविष्यमा यस्तै रोमाञ्चक कार्यक्रमहरू आयोजना गर्दै नेपालको सवारी समुदायलाई प्रेरित र संलग्न गराउन तत्पर रहेको जनाएको छ ।
FACEBOOK COMMENTS