काठमाडौं । नेपाली ईएभी बजारमा विश्वविख्यात स्टेलान्टिस ग्रुपसँगको साझेदारी र उच्च प्रविधिका कारण लिपमोटरले छोटो समयमै बलियो पकड जमाएको छ।
किफायती सिटी कारदेखि प्रिमियम लक्जरी एसयूभीसम्मका विद्युतीय (ईभी) मोडलहरू उपलब्ध गराएर लिपमोटर लोकप्रिय बनेको छ।
नेपालमा लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रा. लि. हो। काठमाडौँको थापाथलीलगायत देशका प्रमुख सहरहरूमा शोरुम, आधुनिक ३–एस सेन्टर र चार्जिङ स्टेसन सञ्जालमार्फत कम्पनीले बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
नेपालमा लिपमोटरका टी–०३, बी–१० र सी–१० जस्ता मोडलहरू उपलब्ध रहेका छन्। सहरी बाटोका लागि एकदमै सुहाउँदो, चलाउन सजिलो र बजेट–फ्रेन्डली स्मार्ट ह्याचब्याकमा उपलब्ध छ।
लिपमोटर टी–०३
यसमा ३७.३ किलोवाट आवर क्षमताको ब्याट्री र ९५ पीएस पावर दिने मोटर रहेको छ। यसले सहरी क्षेत्रमा एक पटकको चार्जमा करिब २६५ किमी देखि ३९५ किमी सम्मको रेन्ज प्रदान गर्छ।
१०.१–इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, ८–इन्च डिजिटल डिस्प्ले, प्यानोरामिक भिजन रुफ र १० भन्दा बढी एड्भान्स ड्राइभर असिस्ट (एडीएएस) सेफ्टी फिचर जस्ता सुविधाहरू पाउन सकिन्छ। नेपालमा यसको मूल्य ३४ लाख पर्छ।
लिपमोटर बी–१०
लिपमोटर बी–१० फराकिलो, स्टाइलिस र प्रविधियुक्त मिड–साइज इलेक्ट्रिक एसयूभी हो।
यो एसयूभी गाडी रियर ह्विल–ड्राइभ सेटअपमा आउँछ, जसले गर्दा उकालो–ओरालो र राजमार्गमा सन्तुलित पर्फर्मेन्स प्रदान गर्दछ।
यसमा १६० किलोवाट मोटर, २४० एनएम टर्क, ५६.२ किलोवाट आवर देखि ६७.१ किलोवाट आवर सम्मको ब्याट्री विकल्प र ३८० किमी देखि ४६० किमी डब्लुएलटीपी रेन्ज प्रदान गर्छ।
साथै १४.६–इन्चको २.५ के टचस्क्रिन, प्यानोरामिक सनरुफ, लेभल–२ एडीएएस प्रणाली (१७ वटा स्मार्ट सेफ्टी फिचर) र ५–स्टार सुरक्षा रेटिङ जस्ता फिचरहरू रहेका छन्। स्ट्यान्डर्ड लाइफ भेरियन्टको मूल्य ४९ लाख ९९ हजार पर्छ भने टप डिजाइन भेरियन्टको मूल्य ५४ लाख ९९ हजार देखि ५६ लाख ९९ हजार सम्म पर्छ।
लिपमोटर सी–१०
लिपमोटर सी–१० प्रिमियम फ्ल्यागसिप एसयूभी हो। युरो एनक्यापमा ५–स्टार सेफ्टी रेटिङ पाएको यो एसयूभी लामो यात्रा र लक्जरी राइडका लागि उत्कृष्ट मानिन्छ।
यसमा ६९.९ किलोवाट आवरको एलएफपी ब्याट्री र १६० किलोवाट मोटर रहेको छ। लिपमोटर सी–१० एक पटक फुल चार्ज गर्दा ४२० किमी सम्मको यात्रा ढुक्कसँग गर्न सकिन्छ।
यसमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र २८२५ एमएमको फराकिलो ह्विलबेस, १४.६–इन्च टचस्क्रिन, १०.२५–इन्च डिजिटल ड्यासबोर्ड, १२–स्पिकर साउन्ड सिस्टम, भेन्टिलेटेड/हिटेड सिट र अत्याधुनिक सेफ्टी फिचरहरू रहेका छन्।
यसको मूल्य भेरियन्ट अनुसार ६७ लाख ९९ हजार देखि ७२ लाख सम्म पर्छ।
उच्च ग्राउन्ड क्लियरेन्स र बलियो सस्पेन्सनका कारण नेपालका सहरी र पहाडी सडकमा लिपमोटरका गाडीहरू निकै लोकप्रिय बनेका छन्।