काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले साहसिक पर्यटनमा प्रयोगमा आउने ‘पारामोटर’ निर्माण तथा सफल परीक्षण गरेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अधक्ष्य महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमा उडानको भिडिओ सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् ।
आविष्कार केन्द्रमै कार्यरत राजु थापाले अनुसन्धानकै क्रममा सो यन्त्र बनाएको पुनले जानकारी दिए । आविष्कार केन्द्रमा बनेको सो पारामोटरमा इटलीको इन्जिन प्रयोग भएको उनले जनाए ।
आविष्कार केन्द्रले यसअघि पनि यस्तै किसिमको यन्त्र बनाएको भए पनि हाल बनेको यन्त्रमा तुलनात्मक रूपमा गुणस्तरीय इन्जिन प्रयोग भएको पुनले बताए ।
नेपालमा पहिला पनि यस किसिमका यन्त्र बने पनि यसको व्यवसायीकरण भने हुन नसकेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS