न्यूयोर्क,। मेटलाइफ र ग्लोबल सिटिजनले फुटवर्क फर फ्युचर्सको घोषणा गरेको छ, जुन एक विश्वव्यापी फुटबल–थीम सामाजिक सञ्जाल चुनौती हो जसले बालबालिकाको गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँचलाई समर्थन गर्दछ जसले थप आत्मविश्वासी र लचिलो समुदायहरूलाई बढावा दिन्छ ।
फुटवर्क फर फ्युचर्सले मानिसहरूलाई इन्स्टाग्राम, लिंक्डइन, एक्स, टिकटक, वा फेसबुकमा फुटबल बललाई जगल गर्दै – वा जगल गर्ने प्रयास गर्दै – गरेको छोटो भिडियो साझा गर्न र ३ँययतधयचपँयचँगतगचभक समावेश गर्न, वा ग्लोबल सिटिजन एप मार्फत भिडियो पेश गरेर आमन्त्रित गर्दछ ।
प्रत्येक योग्य भिडियो सबमिशनको लागि, मेटलाइफले विश्वभरका समुदाय–आधारित संस्थाहरूलाई अनुदान मार्फत बालबालिकाको लागि गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँचलाई समर्थन गर्न अमेरिकी डलर ५ प्रत्येक विडियो मा र अमेरिकी डलर १००,००० सम्म, फिफा ग्लोबल सिटिजन एजुकेशन फन्डमा योगदान गर्नेछ ।
यो सामाजिक अभियान मेटलाइफ फाउन्डेसनको फिफा ग्लोबल सिटिजन एजुकेशन फन्डको संस्थापक दाताको रूपमा ९ मिलियन अमेरिकी डलर योगदानमा आधारित छ । यो कोषले शैक्षिक र खेलकुद कार्यक्रमहरू प्रदान गर्ने विश्वभरका समुदायहरूमा रहेका संस्थाहरूलाई अनुदान दिन्छ । फुटवर्क फर फ्युचर्सले यस गर्मीको फिफा विश्वकप २०२६ को उत्साहलाई बालबालिकाको आत्मविश्वास बढाउन र समुदायहरूलाई बलियो बनाउने उद्देश्यले संस्थाहरूलाई उनीहरूको पहलहरू बढाउन मद्दत गर्न प्रयोग गर्दछ ।
“फिफा ग्लोबल सिटिजन एजुकेशन फन्डले फुटबलप्रतिको विश्वव्यापी प्रेम र शिक्षाको शक्तिलाई एकताबद्ध गर्दा हाम्रो समुदायलाई कसरी सशक्त बनाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरेको छ,” मेटलाइफकी ग्लोबल सस्टेनेबिलिटी प्रमुख तथा मेटलाइफ फाउन्डेशनकी अध्यक्ष नुरिया गार्सियाले भनिन् ।“फुटवर्क फर फ्युचर्सले यस उद्देश्यलाई रमाइलो, व्यवहारिक र सबैका लागि सहज बनाउँछ । पेश गरिने प्रत्येक भिडियो विश्वभरका युवाहरूका लागि आत्मविश्वासी भविष्य निर्माणतर्फको एक महत्वपूर्ण कदम हो ।”

फुटवर्क फर फ्युचर्समा सहभागिता सबै व्यक्तिहरूको लागि खुला छ, सीप, क्षमता वा अनुभवको पर्वाह नगरी, प्रत्येक व्यक्तिले फुटबल बललाई जगल गर्दै – वा जगल गर्ने प्रयास गर्दै आफ्नो दृष्टिकोण प्रदर्शन गर्न अनुमति दिन्छ । यो पहल मे १२ देखि जुलाई १९, २०२६ सम्म वा योगदान अमेरिकी डलर १००,००० नपुगुन्जेलसम्म चल्छ । यस अवधि पछि प्राप्त सबमिशनहरू साझा गरिनेछ; यद्यपि, तिनीहरूले थप योगदानमा सहयोग गर्ने छैनन् । सहभागीहरूलाई सामेल हुन साथीहरू र परिवारलाई मनोनयन गर्न प्रोत्साहित गरिन्छ, तर आवश्यक छैन।

सबै भिडियोहरूले सम्बन्धित सामाजिक सञ्जाल प्लेटफर्महरूको नियमहरू र अभियानका नियम र सर्तहरू पालना गर्नुपर्छ । योग्य हुन, प्रत्येक भिडियोले एक वास्तविक व्यक्तिलाई सुरक्षित र जिम्मेवारीपूर्वक फुटबल बल जगल गरिरहेको (वा जगल गर्ने प्रयास गरिरहेको) स्पष्ट रूपमा देखाउनुपर्छ । ग्लोबल सिटिजनले यी मापदण्डहरू पूरा गर्न असफल हुने कुनै पनि प्रविष्टिलाई अयोग्य घोषित गर्ने अधिकार सुरक्षित राख्छ । कसरी भाग लिने भन्ने बारे थप जानकारीको लागि फुटवर्क फर फ्युचर्स वेबसाइट विसीट गर्नुहोस् ।

मेटलाइफ फाउन्डेसनको बारेमा
मेटलाइफ फाउन्डेसनमा हामी आर्थिक स्वस्थता सबैको लागी हो भन्ने मान्यता राख्दछौँ । आर्थिक असक्षमता भएका समुदाय र मानिसको आर्थिक स्वस्थता वृद्धिका लागी हामीले साहसी समाधान, गहिरो आर्थिक विशेषज्ञता र महत्वपुर्ण अनुदान उपलब्ध गराउदछौँ । ठोस प्रभाव पार्ने प्रयत्नमा मेटलाइफ का कर्मचारीलाई सहभागी गराई आर्थिक स्वस्थताको अभिबृद्धि तथा अझ सुदृढ समुदाय निर्माणका लागि हामी विश्वका विभिन्न संस्थहरुसँग सहकार्य गर्दछौं । कर्पोरेट योगदान र समुदायको सहभागिताको लामो परम्पराई निरन्तरता दिन मेटलाइफ फाउन्डेसन सन् १९७६ मा स्थापित भएको होे । स्थापनाकालदेखि सन् २०२० को अन्त्यसम्म आइपुग्दा, मेटलाइफ फाउन्डेसनले ९० करोड अमेरिकि डलर अनुदान मेटलाइफ सञ्चालनमा रहेका ठाउँहरुको समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुसँग सम्बन्धित लगानी गरिसकेको छ । मेटलाइफ फाउन्डेसनको बारेमा अझ जानकारी mभतषिभ.यचन बाट लिन सकिनेछ ।
मेटलाइफको बारेमा
:भतीषभ, क्ष्लअ. (ल्थ्क्भ्: :भ्त्), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“:भतीषभ”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (ब्ललगष्तष्भक), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको :भतीषभ विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । थप जानकारी का लागि, कृपया धधध.mभतषिभ.अयm हेर्नुहोस् ।
ग्लोबल सिटिजनको बारेमा
ग्लोबल सिटिजन चरम गरिबी अन्त्य गर्न विश्वको सबैभन्दा ठूलो पहल हो। दैनिक आवाज उठाउने र कारबाही गर्ने विश्वव्यापी समुदायद्वारा सञ्चालित, यो पहललाई संगीत, मनोरञ्जन, सार्वजनिक नीति, मिडिया, परोपकार र कर्पोरेट क्षेत्रका लीडरहरु भेला गर्ने अभियान र कार्यक्रमहरूद्वारा विस्तार गरिएको छ ।
यस पहल सुरु भएदेखि, ग्लोबल सिटिजन प्लेटफर्महरूमा घोषणा गरिएका ४९ अर्ब डलरका प्रतिबद्धताहरू परिचालन गरिएको छ, जसले १.३ अर्ब जीवनलाई असर गरेको छ ।
२००८ मा अष्ट्रेलियामा स्थापित, ग्लोबल सिटिजनको टोलीले न्यूयोर्क, वाशिंगटन डीसी, लस एन्जलस, लन्डन, पेरिस, बर्लिन, जेनेभा, मेलबर्न, टोरन्टो, जोहानेसबर्ग, लागोस र बाहिरबाट सञ्चालन गर्दछ । नयिदबअिष्तष्शभल.यचन मा पहलमा सामेल हुनुहोस्, ग्लोबल सिटिजन एप डाउनलोड गर्नुहोस्, र टिकटक, इन्स्ताग्राम, युतुब, फेसबुक, एक्स, र लिंकदिन मा ग्लोबल सिटिजनलाई फलो गर्नुहोस् ।