एजेन्सी । कम्बोडियामा हाल कूल एक करोड ८९ लाख ८० हजार इन्टरनेट ग्राहकहरू रहका हुलाक तथा दूरसञ्चार मन्त्री चे भान्देथले बताएका छन् ।
हुलाक तथा दूरसञ्चार मन्त्रालयको एक सम्मेलनको समापन समारोहमा उनले हालसम्म एक करोड ८२ लाख ८३ हजार र फिक्स्ड इन्टरनेट सेवामा सात लाख ८२ हजार २ सय ३४ ले सदस्यता लिएको बताए ।
उनले दक्षिणपूर्वी एसियाली मुलुकमा दुई करोड छ लाख मोबाइल फोन ग्राहक र ३१ हजार ६०१ स्थिर फोन प्रयोगकर्ता रहेको बताए । केही व्यक्तिले एकभन्दा बढी इन्टरनेट वा टेलिफोन सेवाको सदस्यता लिएकाले इन्टरनेट ग्राहक र टेलिफोन प्रयोगकर्ताहरूको सङ्ख्या देशको कुल जनसङ्ख्याको तुलनामा १७ करोडले नाघेको छ ।
“हाल, फेरजी मोबाइल नेटवर्क कभरेज राज्यको ८२ प्रतिशत र जनसङ्ख्याको ९३.२ प्रतिशत पुगेको छ,” भान्देथले उल्लेख गरे । उनले सन् २०२७ सम्म देशका सबै क्षेत्रमा टेलिफोन सेवा विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए । कम्बोडियामा चार मोबाइल फोन अपरेटर, चार स्थिर फोन कम्पनी र ३९ इन्टरनेट सेवा प्रदायकहरू छन् ।
FACEBOOK COMMENTS