काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले दुई सम्झौता गरेको छ।
बैंकले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटल र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक्ससँग विभिन्न सेवामा छुट उपलब्ध गराउने गरी व्यावसायिक सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म र स्पामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, टेस्ला डायग्नोस्टिक्समा प्याथोलोजी टेस्ट, एमआरआई, एक्स–रे, डेन्टल ओपीजी, औषधिलगायत विभिन्न स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।
उक्त छुट प्राप्त गर्न बैंकका ग्राहकले बैंकको मान्य डेबिट वा प्रिभिलेज कार्ड देखाउनुपर्नेछ । मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले पनि यो सुविधा उपयोग गर्न सक्नेछन्।
मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले विशेष अफरअन्तर्गत कर्जा योजनामा आधार दरमा थप ०.९० प्रतिशतको प्रिमियममा सेवा उपलब्ध गराएको पनि जनाएको छ।
बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार ग्राहकलाई थप लाभ र सुविधा प्रदान गर्ने उद्देश्यले विभिन्न सेवा प्रदायकसँग सहकार्यलाई प्राथमिकता दिइएको छ।