काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । उनी मंगलबार अस्पताल भर्ना भएका हुन् ।
गत असोज अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि त्यही उपचार गरिएको थियो । अहिले थप उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।
अस्पतालमा डा अरुण मास्केसहित चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि उनको सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
FACEBOOK COMMENTS